नियम २०
सदस्य सचिवको काम, कर्तव्य र अधिकार

(१) सदस्य सचिवको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) सभा तथा परिषद्मा पेश हुने प्रस्तावहरु तयार गर्ने, गराउने ।

(ख) सभा तथा परिषद्बाट भएका निर्णयहरु कार्यान्वयन गर्ने, गराउने ।

(ग) परिषद्को अनुमानित वार्षिक आय व्यय (बजेट) र कार्यक्रम तयार गरी परिषद् समक्ष पेश गर्ने ।

(घ) परिषद्को कोष परिचालन, सम्पत्तिको व्यवस्था, संरक्षण र संचालन सम्बन्धी आवश्यक कार्य गर्ने, गराउने ।

(२) उपनियम (१) बमोजिम सदस्य सचिवले आफ्नो अधिकार र कर्तव्यको प्रयोग गर्दा उपाध्यक्षको नियन्त्रण र निर्देशनमा रही गर्नेछ ।